भरतपुर अस्पतालमा उपचाररत माडीका थप एक कोरोना संक्रममितको मृत्यु

197
SwadeshPost

०३ जेठ, चितवन । भरतपुर अस्पतालमा उपचाररत माडीका थप एकजना कोरोना संक्रममितको मृत्यु भएको छ ।

अस्पतालका अनुसार माडी नगरपालिका-५, पिपरिया निवासी ६० वर्षीय बृद्ध पुरुषको उपचारका क्रममा कोभिड १९ न्युमोनियाँका कारण आइतबार बिहान ०३ः३५ बजे मृत्यु भएको हो । ज्येष्ठ २ गते दिउँसो १२ः०० बजे अस्पताल भर्ना भएका उनमा सोही दिन कोरोना भाइरस संक्रमण पुष्टी भएको अस्पतालले जनाएको छ । योसंगै माडीमा कोरोनाको दोश्रो लहर सुरु भएदेखि मृतकको संख्या ५ पुगिसकेको छ । कोरोनाको पहिलो लहरमा माडीमा १ जनाको मात्रै मृत्यु भएको थियो ।

SwadeshPost