माडी क्षेत्रमा थप १० जनामा कोरोना संक्रमण पुष्टी, ४५ प्रतिशत नमुनाहरुमा कोरोना संक्रमण

513
SwadeshPost

३ ज्येष्ठ, चितवन । माडीको बघौंडा अस्पताल कोभिड-१९ रोकथाम तथा नियन्त्रण केन्द्रको प्रयोगशालामा गरिएको एन्टीजेन परीक्षणमा थप १० जनामा संक्रमण पुष्टी भएको छ ।

सोमबार १९ जनाको स्वाब परीक्षण गर्दा १३ देखि ४५ बर्ष उमेरका १० जनामा संक्रमण पाइएको हो । संक्रमण पुष्टी हुनेहरुमा माडी-१, लक्ष्मुनियाँका ३५ बर्षीय पुरुष र चैनपुरका ३५ बर्षीया महिला; माडी-२, भैरवपुरका १३ बर्षका बालक र माडी ३ बसन्तपुरका ३० बर्षीय पुरुष तथा ३२ बर्षीया महिला, बघौंडाका ४५ बर्षीय पुरुष एवं धोबाहाका २४ बर्षका पुरुष रहेका छन् । त्यस्तै माडी-५, नयाँपिपरियाका १३ बर्षका बालक र पिपरियाका ३० बर्षका पुरुष एवं माडी-६ स्याउलीबासका २९ बर्षका पुरुष रहेका छन् ।

कोरोनाको दोश्रो लहर चलिरहँदा बघौंडा अस्पतालमा कुल १९६ वटा एन्टीजेन परीक्षण भएकोमा ८८ जनामा कोरोना संक्रमण पुष्टी भइसकेको छ । यसबाट कुल परीक्षणको करीब ४५ प्रतिशत नमुनाहरुमा कोरोना संक्रमण रहेको देखिन्छ ।

SwadeshPost