आइतबार, पुष २८, २०८१
आइतबार, पुष २८, २०८१

माडी (स्थानीय) खबर पोष्ट

माडीमा एक बृद्ध पुरूष, माछा पोखरीमा डुबेर मृत्यु

  • A
  • A+
  • A++

०६ जेठ, चितवन । माडीको सितलपुरमा एक बृद्ध पुरूष, माछा पोखरीमा डुबेर मृत अवस्थामा भेटिएका छन् । माडी नगरपालिका २, सितलपुर निवासी अन्दाजी बर्ष ६६ का देवी प्रसाद पाण्डे घर नजिकैको पोखरीमा मृत अवस्थामा भेटिनुभएको हो । गएराती परिवारको सम्पर्कमै रहनुभएको उहाँ आज (विहीबार) बिहान करीब ४ बजेबाट परिवारसंग सम्पर्कविहीन हुनुभएको जनाइएको छ । उहाँको शव पानीभित्र डुबेको अवस्थामा भेटिएको स्थानीय पत्रकार नेत्रप्रसाद आचार्यले जानकारी दिनुभयो ।

विज्ञापन १

यो समाचार पोष्ट गर्दासम्म पाण्डेको मृत्यु आत्महत्या वा अन्य केहि कारणबाट भएको भन्ने स्पष्ट भइसकेको छैन । घटनाको अनुसन्धान भइरहेको र शवलाई पोष्टमार्टमका निम्ति भरतपुर पठाउन लागिएको प्रहरीले जनाएको छ ।

विज्ञापन २

विज्ञापन ३

तपाईको प्रतिक्रिया