माडी नगरपालिका कार्यपालिका बैठकले विभिन्न योजनाहरु संशोधन गर्दै रकमान्तर

139
SwadeshPost

०९ जेठ, चितवन । चालू आर्थिक बर्ष सकिन २ महिना पनि बाँकी नरहँदा माडी नगरपालिकाको कार्यपालिका बैठकले विभिन्न योजनाहरु संशोधन गर्दै रकमान्तर गरेको छ ।

कार्यपालिका बैठकले सोमेश्वरगढी सडक योजनाको १५ लाख रूपैंया रकमान्तर गरी ५ लाख थप गर्दै माडी न.पा. २ मा बाटो निर्माणको लागि २० लाख रुपैैया बजेट छुट्याएको छ । बर्षाको कारण सोमेश्वरको बाटो मर्मत हुने अवस्था नरहेको कारण रकमान्तर गरिएको नगर कार्यपालिकाका प्रवक्ता शिवहरि सुवेदीले जानकारी दिनुभयो ।

त्यसैगरी बैठकले ससर्त अनुदान अन्तरगत स्वास्थ्य सेवा सुधार कार्यक्रमको १ करोड ५४ लाख रकम समेत रकमान्तर गरी माडी नगरपालिका वडा नं. ४, ५ र ७ मा स्वास्थ्य केन्द्र भवन निर्माणका लागि १ करोड ९ लाख रुपैंया बिनियोजन गरेको छ भने त्यसबाट बच्ने रकम कोरोना महामारी नियन्त्रण र रोकथाममा लगाउने निर्णय भएको छ ।

त्यस्तै खेलकूद शीर्षकमा बाँकी रहेको ९ लाख रुपैंया प्रत्येक वडाहरुमा १र१ लाखका दरले बिनियोजन गर्ने, ५० सैय्या क्षमता रहने बघौंडा अस्पतालको भवन निर्माणमा सहयोग गर्न सार्वजनिक आह्वान गर्ने र हालै परुई खोलामा आएको आकस्मिका बाढीका कारण क्षतीग्रस्त माडी ७ स्थित ढोकेखोला खानेपानी आयोजना मर्मतका लागि आर.आर.एन. संस्थाबाट रु १ लाख लागत सहभागिताको आग्रह गर्ने समेत निर्णय गरेको कार्यपालिका प्रवक्ता सुवेदीले जनाउनुभयो ।

SwadeshPost