कालोबजारी नियन्त्रणको प्रयासमा युवा र स्थानीय सरोकारवालाहरु बजार अनुगमन

210
SwadeshPost

०९ जेठ, चितवन । कोरोना संक्रमण रोकथाम र कालोबजारी नियन्त्रणको प्रयासमा बरुवा बजारका युवा र स्थानीय सरोकारवालाहरु बजार अनुगमन र चेतनामूलक प्रचार-प्रसारमा सरिक भएका छन् ।

माडी-१ का वडाध्यक्ष कृष्ण पौडेल, प्रहरी चौकी बरुवाका प्रमुख लालबाबु पासवान, थारु समाज बरुवाका अध्यक्ष रामप्रसाद महतो, स्थानीय युवा अगुवा सञ्जय महतो लगायत १२ जनाको सहभागितामा बरुवा बजारमा अनुगमन गरिएको हो । त्यस क्रममा युवाहरुले ‘सामाजिक दुरी कायम गरौं’, ‘अनिवार्य मास्कको प्रयोग गरौं’, ‘कालो बजारी बन्द गर’, ‘माडी प्रशासनले दिएको समयमा मात्रै पसल खोलौं’ लगायतका प्लेकार्ड समेत बोकेका थिए ।

यसअघि, स्थानीय प्रहरी चौकी र युवाहरुले बिना मास्क बजार प्रबेश नगर्न, कालो बजारी नगर्न र गरेको थाहा पाए सुचना गर्न एवं सुरक्षाका उपायहरु पालना गरेर मात्र माडी नगरपालिकाको समय अनुसार अत्यावश्यक पसल खोल्न सुचना गरेका थिए ।

SwadeshPost