जन्मदिनको अवसर पारी माडीका सुकुम्बासी चेपाङ परिवारलाई कृषिको लागि फरुवा वितरित

686
SwadeshPost

१७ ज्येष्ठ, चितवन ।  गैर आवासीय नेपाली संघ एन.आर.एन (NRNA) जापानका केन्द्रीय सदस्य बाबुराम खरेलको जन्मदिनको अवसरमा माडीका सुकुम्बासी चेपाङ परिवारलाई कृषि कामको लागि फरुवा वितरण गरिएको छ ।

भरतपुर महानगरपालिका वडा नं ४ स्थायी घर भई हाल जापानमा व्यवसाय गरिरहनुभएका खरेलको जन्मदिनको अवसरमा माडी नगरपालिका वडा नं ७ को देबेन्द्रपुर परुई नदी किनारका सुकुम्बासी चेपाङ परिवारलाई फरुवा वितरण गरिएको हो । फरुवा वितरण कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी एमालेका युवा नेता श्रीप्रसाद दवाडी, नेकपा एमाले माडीका युवा ईञ्चार्ज सुर्यकान्त खनाल, राष्ट्रिय युवा संघ माडीका संयोजक मुन्ना मियाले आगामी दिनमा पनि विपन्न सुकुम्बासी परिवारको आय आर्जनमा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

समाजसेवी बाबुराम खरेलको यसअघि पनि सुकुम्बासी चेपाङ परिवारलाई खाद्यान्न, बालबालिकाको लागि स्टेशनरी, विद्यालय पोसाक लगाएका सामग्रहरु वितरण गर्नुभएको थियो । फरुवा वितरणको समन्वय र सहजीकरण सञ्चारकर्मी नारायण सापकोटाले गर्नुभएको थियो ।

SwadeshPost