चितवन जिल्लामा थप एक साता अर्थात, जेठ २७ गते राति १२ बजेसम्म

68
SwadeshPost

१९ जेठ, चितवन । चितवन जिल्लामा थप एक साता अर्थात, जेठ २७ गते राति १२ बजेसम्म निषेधाज्ञा थप भएको छ । जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डी.सी.सी.एम.सी.)ले एक साता निषेधाज्ञा थप्न सिफारिस गरेसंगै जिल्ला प्रशासन कार्यालय चितवनले निषेधाज्ञा थप गर्ने निणर्य गरेको हो ।

दोस्रो पटक थप गरिएको निषेधाज्ञाको अवधि भोलि जेष्ठ २० गते राती १२ बजेबाट सकिँदैछ ।प्रशासनले गत वैशाख १६ गते रातिदेखि लागू हुने गरी वैशाख मसान्तसम्म निषेधाज्ञा जारी गरेको थियो । लगत्तै जेठ १३ गते राती १२ बजेसम्म लागू हुने गरी निषेधाज्ञा लम्ब्याइएको थियो ।

कोरोना संक्रमणको दर अझै नघटेपछि जेठ २० गते राति १२ बजेसम्म लागू हुने गरी थप गरिएको थियो । हाल जिल्लामा संक्रमणको दर स्थिर वा घट्ने क्रममा रहेपनि निशेधाज्ञा भने लम्बिएको हो ।

Mahindra