जग्गा खण्डिकरणबारे छानबिन गर्न अधिकारप्राप्त निकायलाई एमाले माडी नगरको अनुरोध

608
SwadeshPost

२० ज्येष्ठ, चितवन । नेकपा (एमाले) माडी नगर कमिटिले माडी क्षेत्रमा खेतीयोग्य जग्गाको व्यवसायिक खण्डिकरण र कित्ताकाट भएकोबारे छानबिन गर्न अधिकारप्राप्त सम्बन्धित निकायलाई अनुरोध गरेको छ ।

बुधबार राती प्रकाशित एक वक्तव्यमा एमाले माडी नगरले खण्डिकरण सिफारिसका विषयमा माडी नगरभित्र रहेका सम्पूर्ण पार्टी प्रतिनिधी राखी सत्यतथ्य बाहिर ल्याउन नगरप्रमुख समक्ष अनुरोध गर्दै अधिकार प्राप्त सरकारी निकायलाई छानबिनको अनुरोध गरेको हो ।एमाले माडी नगर अध्यक्ष रेशमलाल आचार्य र सचिव नारायण अधिकारीद्वारा हस्ताक्षरित सो वक्तव्यमा नगरपालिकाको नीति बिपरित विभिन्न जग्गा व्यवसायीले बिगौं बिगाहा जग्गा टुक्रा पार्ने, साँध सिमाना छुटयाउने, नयाँ बाटो खोली ग्राभेल गर्ने, रंगीचंगी पोल गाडेर जग्गा खण्डिकरण गर्ने, ४५ विगाहमा १२०० कित्ता घडेरी भनी माडीका पर्यटकीय स्थलहरुको तस्विर समेत राखी विज्ञापन गर्ने गरको पाइएको तर यसबारे नगरप्रमुखले नगरपालिकाको निणर्यबाट पछी नहटेको विचार सामाजिक सज्जालमा व्यक्त गरेको प्रति ध्यानाकर्षण भएको उल्लेख भएको हो ।

यसैबिच, एमाले सम्बद्ध युवा संगठन युवा संघ, नेपालको माडी नगर कमिटिले जग्गा खण्डिकरण हुनु माडीवासीहरुको लागि घातक भएको ठहर गरेको छ । त्यस प्रकारको क्रियाकलाप जो कोहीले गरेपनि सम्पूर्ण युवा शक्तिहरु प्रतिकारका निमित्त तयार रहन अनुरोध गर्दे संघले तत्कालै छानविन गर्नको लागि अधिकार प्राप्त निकायलाई अनुरोध गरेको छ । वक्तव्यमा युवा संघ माडीका अध्यक्ष मुन्ना मियाँ र इञ्चार्ज सुर्यकान्त खनालको हस्ताक्षर रहेको छ ।

SwadeshPost