माडी क्षेत्रमा थप एकजना कोरोना संक्रमितको मृत्यु , कूल मृतकहरुको संख्या ८ पुग्यो

202
SwadeshPost

२१ ज्येष्ठ, चितवन । माडी क्षेत्रमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

कोरोना संक्रमण भई भरतपुर अस्पतालमा उपचाररत माडी नगरपालिका वडा नं. १ निवासी ५१ बर्षीया महिलाको शुक्रबार दिउँसो मृत्यु भएको हो । सुरुमा बघौंडा अस्पतालकै आइसोलेशनमा एक सातासम्म उपचार गराएकी उनको स्वास्थ्यमा जटिलता आएसंगै भरतपुर अस्पताल पठाइएको थियो । योसंगै माडी क्षेत्रमा कोरोनाको दोश्रो लहरबिच संक्रमणका कारण मृत्यु हुनेको संख्या ७ पुगेको छ भने पहिलो लहरसमेत जोड्दा कुल मृतकहरुको संख्या ८ पुगेको छ ।

हालसम्म माडीको बघौंडा अस्पतालमा ३६५ जनाको एन्टीजीन बिधीबाट कोरोना परीक्षण गरिएकोमा १६५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । त्यसमध्ये ११० जना संक्रमणमुक्त भइसकेका छन् भने ४९ जना सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमितमध्ये ६ जना बघौंडा अस्पतालको आइसोलेशन उपचार केन्द्रमा र अन्य सबै घरघरमै होम आइसोलेशनमा रहेको माडीका स्वास्थ्य संयोजक शिव सुवदीले जानकारी दिनुभयो ।

SwadeshPost