जग्गा खण्डिकरण प्रकरणबारे नेपाल-खनाल पक्षीय नेकपा एमाले माडीको ध्यानाकर्षण

456
SwadeshPost

२१ ज्येष्ठ, चितवन । माडीमा विवादित बनेको जग्गा खण्डिकरण र कित्ताकाट सिफारिस प्रकरणबारे नेपाल-खनाल पक्षीय नेकपा (एमाले)ले गम्भीर ध्यानाकर्षण भएको बताउँदै आगामी दिनको लागि रोडम्याप प्रस्ताव गरेको छ ।

सो पार्टीको माडी नगर अध्यक्ष नारदमणि पौडेल र सचिव महदत्त काफ्लेद्वारा हस्ताक्षरित वक्तव्यमा सबैखालका खण्डिकरण तत्कालै रोकी हाल देखिएको खण्डिकरण विवाद उपर राजनीतिक एवम् बिज्ञ सहितको छानबिन टोलीमार्फत सत्यतथ्य जनता सामु ल्याउन ध्यानाकर्षण गराइएको छ ।

माडीलाई नगरपालिका घोषणा पछी यसको समुचित बिकासका लागि बृहत्तर योजनाको आवश्यकता औंल्याउँदै सो पार्टीले भूगोलको प्रकृति, सम्भाव्यता आदिको आधारमा जमिनको बर्गिकरण गरि आवास, खेती, पर्यटन, बजार आदिको आधारमा जग्गा उपयोग हुने नीति लिनुपर्ने बताएको हो । विभिन्न कारणले बसाइसराईं गरेर बाहिर जाने प्रवृत्ति रोक्न र माडीप्रति विश्वास दिलाउन स्थानीय सरोकारवालाहरुले स्वमुल्याङ्कन गरी सामुहिक समिक्षा र प्रतिबद्धता गर्न पनि आवस्यक रहेको वक्तव्यमा लेखिएको छ ।

SwadeshPost