माडीका चार दलद्वारा संयुक्त वक्तव्य : प्रतिनिधीसभा विघटनको भर्त्सना र बिरोध

288
SwadeshPost

२१ ज्येष्ठ, चितवन । माडीका चार प्रमुख दलहरुले संयुक्त विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री के.पी. ओलीद्वारा भएको प्रतिनिधीसभा विघटनको भर्त्सना र बिरोध गरेका छन् ।

नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी र नेपाल–खनाल पक्षीय नेकपा (एमाले)का माडी नगर समितिहरुले संयुक्त वक्तव्य प्रकाशित गरी प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको मिलोमतोमा ‘असंवैद्यानिक, अलोकतान्त्रिक, प्रतिगामी र स्वेच्छचारी कदम’द्वारा जननिर्वाचित संसदको बिघटन भएको जिकिर गरेका हुन् । यसबाट संघिय लोकतान्त्रिक गणतन्त्र, संविधान र देशलाई नै अराजकता र निरंकुशतातर्फ धकेलिएको सो पार्टीहरुको दावी छ ।

वक्तव्यमा, कोरोना संक्रमणको महामारीमा सरकारले अक्सिजन र खोप उपलब्ध गराउने तथा उपचार कार्यमा चासो नदेखाएको भन्दै ध्यानाकर्षण समेत गराइएको छ । साथै संसद बिघटनको कदम सच्याउँदै देशलाई लोकतान्त्रिक संविधानको दिशातर्फ अघि बढाउनका लागि दवाब सिर्जना गर्ने अभियानमा लाग्न सबैमा अनुरोध समेत गरिएको छ ।

SwadeshPost