जग्गा खण्डिकरण विवादमा सर्बपक्षीय बैठक बोलाउन मेयरलाई माडीको ‘सर्बदलिय बैठक’को आग्रह

220
SwadeshPost

२४ ज्येष्ठ, चितवन । जग्गा खण्डिकरण सिफारिस सम्बन्धी विवाद निरुपणको प्रयत्न स्वरुप सर्बपक्षीय बैठक बोलाउन माडीको ‘सर्बदलिय बैठक’ले नगरप्रमुखलाई आग्रह गरेको छ ।

‘माडीका अग्रमगन पक्षधर राजनैतिक दलहरुको सर्बदलीय बैठक’ नाम दिइएको सो बसाईले विवादित बिषयका सम्बन्धमा सु-सूचित गर्न तत्कालै सबैपक्षीय बैठक बोलाउन नगरप्रमुखलाई अनुरोध गरेको हो । बैठकमा नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेपाल-खनाल पक्षीय नेकपा (एमाले), जनता समाजवादी पार्टी र नेकपा (क्रान्तिकारी-माओवादी)का नेता एवं तीनका भातृसंगठनका अगुवाहरु सहभागी रहेका थिए ।

बैठकपश्चात पाँचवटै पार्टीका नगरस्तरीय नेताहरु माडी नगरप्रमुख ठाकुर प्रसाद ढकालको कार्यकक्षमा पुगी बैठकका निणर्यबारे जानकारी गराएका थिए । त्यस क्रममा नगरप्रमुख ढकालले ‘अनावश्यक हल्ला चलेको’ टिप्पणी गर्नुभएको बैठकका एक सहभागी नारदमणि पौडेलले जानकारी दिनुभयो । यसअघि शनिवार सम्पन्न माओवादी केन्द्र र नेपाल-खनाल पक्षीय नेकपा (एमाले) बाहेकको ‘सर्बदलीय बैठक’ले समेत विवादित बिषयमा नगरपालिकाको आधिकारिक धारणा सहित सर्बपक्षीय भेलाको माग गरेको थियो ।

SwadeshPost