माडी क्षेत्रमा घर परिवारभित्रै एकबाट अर्कामा कोरोना संक्रमण सरेको पाइयो

218
SwadeshPost

२५ ज्येष्ठ, चितवन । पछिल्लो समय माडी क्षेत्रमा घर परिवारभित्रै एकबाट अर्कामा कोरोना संक्रमण सरेको पाइएको छ ।

घरबाहिर निस्कने सदस्यले सावधानी नअपनाएका कारण घरबाहिर ननिस्किएका व्यक्तिहरु पनि संक्रमित भइरहेको माडीका स्वास्थ्य संयोजक शिव सुवेदी बताउनुहुन्छ । ‘निशेधाज्ञा लागु हुनुअघि अधिकांश संक्रमणको स्रोत बाहिरका व्यक्ति हुन्थे । हाल परिवारकै सदस्यबाट बढी रोग सरिरहेको छ,’ उहाँले भन्नुभयो, ‘बजार आई संक्रमण लिएर जाने र परिवारका स्वस्थ सदस्य तथा बृद्धबृद्धा र बालबालिकाहरुलाई सार्ने भइरहेको छ ।

’घरको एक सदस्य मात्रै कोरोना संक्रमित भए परिवारमै संक्रमण सर्ने जोखिम हुन्छ । त्यसमाथि गाउँघरमा भित्रभित्रै भोजभतेर गर्ने, विवाह गर्ने र समूहमा भेला भई तास खेल्ने भइरहेको पाइएको स्वास्थ्य शाखा प्रमुख सुवेदीको भनाई छ । यसप्रकारको गैरजिम्मेवार व्यवहार नगरी आफू र परिवार सदस्यहरुको स्वास्थ्यप्रति सम्वेदनशील बन्न उहाँले सबैमा अनुरोध गर्नुभयो ।

SwadeshPost