सामरी उत्थान सेवाद्वारा माडीका पाँच स्थानमा हात धुने वास सेन्टरहरु स्थापित

214
SwadeshPost

२५ ज्येष्ठ, चितवन । कोरोना भाइरसको संक्रमण रोकथामको प्रयासस्वरुप सामरी उत्थान सेवाले माडीका पाँच स्थानमा हात धुने वास सेन्टरहरु स्थापना गरेको छ ।

माडी-८, खरकट्टास्थित सो संस्थाले आफ्नो कार्यालय प्राङ्गणसंगै बगहीँ बसपार्क, जनजीवन माध्यमिक विद्यालय खरकट्टा, बघौंडा अस्पताल र बसन्तपुरको मुख्य बजार क्षेत्रमा हात धुने व्यवस्था गरेको हो । फेल्म नेपालको आर्थीक सहयोगमा पाँचवटै स्थानमा खानेपानी ट्यांकी, बेसिन, पाइप र स्ट्याण्ड सहित साबुनको व्यवस्था गरिएको सामरीकी चितवन जिल्ला संयोजक भगवती गायक थापाले जानकारी दिनुभयो ।

यसअघि, कोरोनाको पहिलो लहर चल्दै गर्दा गतबर्ष पनि सामरीले पूर्वी माडीका दुई स्थानहरु जनजिवन मा. वि.को प्राङ्गण र बगहीँ बसपार्कमा हात धुने वास सेन्टर जडान गरेको थियो । यसबाहेक कोरोना संक्रमण रोकथामको प्रयासमा जनजागरणका लागि सामरी र स्वदेश एफ.एम.ले सार्वजनिक हीतको सुचना सम्प्रेषणमा सहकार्य गरेका छन् ।

SwadeshPost