वाइन टु वाटर नेपालद्वारा माडीको बरुवास्थित गर्दी स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री प्रदान

170
SwadeshPost

२८ ज्येष्ठ, चितवन । वाइन टु वाटर नेपाल नामको संस्थाले माडी-१, बरुवास्थित गर्दी स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ ।

कोरोना महामारी संक्रमण नियन्त्रणका लागि सो संस्थाले स्वास्थ्य सामग्रीहरू अक्सीमिटर १० थान, थर्मगन १० थान, स्ट्रेचर ५ थान, सर्जिकल ग्लोबस ५०० जोडी, पि.पि.ई. ५० थान, सर्जिकल मास्क १ हजार वटा, स्यानीटाईजर ५० लिटर र सूचना मुलक ब्यानर १० थान प्रदान गरेको माडी-१ का वडाध्यक्ष कृष्ण पौडेलले जानकारी दिनुभयो ।

वाइन टु वाटर नेपालले माडीका विभिन्न स्थानमा शुद्ध खानेपानी वितरण सम्बन्धी साना तथा मझौला स्तरका परियोजनाहरु सञ्चालन गर्दै आएको छ । त्यस्तै कोरोना संक्रमण रोकथामका लागि स्वदेश एफ.एम.संग सहकार्य गर्दै सरसफाई र स्वास्थ्यजन्य सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ ।

SwadeshPost