जग्गा खण्डिकरण विवाद सम्बन्धी शुक्रबारको सर्बदलीय बैठक विना निष्कर्ष टुङ्गियो

211
SwadeshPost

२८ ज्येष्ठ, चितवन । जग्गा खण्डिकरण सम्बन्धी विवाद निरुपणको प्रयत्न स्वरुप आज शुक्रबार माडीमा सम्पन्न सर्बदलीय बैठक विना निष्कर्ष टुङ्गिएको छ ।

बसन्तपुर बजारस्थित होटल प्याराडाइजमा सम्पन्न सो सर्बदलीय बैठकमा कुनै ठोस निष्कर्ष नभएसंगै आउँदो सोमबार पुनः बैठक बस्नेगरी टुङ्गिएको हो । बैठकमा सहभागी दलका प्रतिनिधीहरुले आ-आफ्नो धारणा राखेकोमा नगरपालिकाका तर्फबाट नगरप्रमुख ठाकुर प्रसाद ढकालले उत्तरित गर्नुभएको थियो । दलहरुबिच घण्टौंसम्म प्रश्नोत्तर र छलफल चलेपनि कुनै निष्कर्ष नआएसंगै बैठक स्थगित भएको माडी नगरपालिकाका प्रवक्ता शिवहरि सुवेदीले जानकारी दिनुभयो ।

माडी नगरपालिका कार्यालयले जग्गा विवादमा माडीका राजनैतिक दलहरुसंगै आवश्यक परे ट्वान्टीवान ग्रुप प्रपर्टी (प्रा.) लि.लाई समेत उपस्थित गराउनेगरी बैठक आह्वान गरेको थियो । यसअघि, माडीमा दुईवटा छुट्टाछुट्टै सर्बदलीय बैठक बसी विवादित बिषयका सम्बन्धमा सबैपक्षीय बैठक बोलाउन माग गरेका थिए । (फाइल फोटो)

SwadeshPost