जग्गा खण्डिकरण विवाद सम्बन्धी सर्बदलीय बैठकका सहभागीद्वारा माडी नगरपालिकाको आलोचना

258
SwadeshPost

२८ ज्येष्ठ, चितवन । जग्गा खण्डिकरण विवादका बिषयमा शुक्रबार होटल प्याराडाइजमा बसेको सर्बदलीय बैठकका सहभागीहरुले माडी नगरपालिकाको आलोचना गरेका छन् ।

बैठकमा, जग्गा खण्डिकरणका लागि सिफारिस र निणर्य गर्न गठित प्राविधिक र निर्देशक समितिहरुलाई कार्यपालिका बैठकले पारित नगरेको भन्दै सो समितिद्वयको बैधतामै प्रश्न उठेको थियो । त्यस्तै, मगोई किनारको जमीन लामो अवधीका लागि लीजमा दिनु अनुचित भएको, कानुनी प्रक्रिया पुरा नगरी क्रसर सञ्चालन भइरहेको, करको दर उच्च रहेको, बेरुजुको बिषय जटिल बनिरहेको तथा सुकुम्बासी समास्या समाधान आयोग सम्बन्धी काममा समेत अपेक्षित प्रगति नभएको भन्दै सहभागीहरुले ध्यानाकर्षण गराएका थिए ।

बैठकमा उठेका प्रश्नहरुको माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले जवाफ दिनुभएको थियो । बैठकमा कुनै ठोस निष्कर्ष नभएसंगै आउँदो सोमबार पुनः बैठक बस्नेगरी टुङ्गिएको छ । (तस्वीरः बैठकस्थल होटल प्याराडाइज)

SwadeshPost