माडीका कतिपय क्षेत्रहरुमा नेपाल टेलिकमको मोबाइल नेटवर्कमा समस्या

355
SwadeshPost

असार, ०२ चितवन । माडीका कतिपय क्षेत्रहरुमा नेपाल टेलिकमको मोबाइल नेटवर्कमा समस्या देखिएको छ । लगातारको बर्षासंगै मोबाइल नेटवर्कमा समेत समस्या देखिँदा सुचना आदानप्रदान र अन्य दैनन्दिन काममा समस्या परिरहेको माडीका मोबाइल उपभोक्ताहरुले गुनासो गरेका छन् । मोबाइलसंगै नेपाल टेलिकमको एडिएस इन्टरनेट सेवा र ल्याण्ड लाइन सेवा समेत अवरुद्ध भइरहेको हो ।

त्यस्तै पछिल्लो समय माडी क्षेत्रमा बिजुली समेत अनियमित बनेको छ । सामान्यतः बर्षा भइरहँदा बिजुली आउने र अवरुद्ध भइहाल्ने गरेको हो । गएसाँझ समेत माडी क्षेत्रमा केहि घण्टा बिजुली अवरुद्ध रह्यो । भरतपुरको भोजाडमा केबुलमा समस्या आउँदा माडी क्षेत्रको बिजुली अबरुद्ध हुन पुगेको जनाइएको छ ।

SwadeshPost