माडी नगरपालिकाको सातौं नगरसभाले बघौंडा अस्पताल निर्माणका लागि बजेट विनियोजन

147
SwadeshPost

१२, असार चितवन । माडी नगरपालिकाको सातौं नगरसभाले बघौंडा अस्पतालको भवन निर्माणका लागि आवश्यक बजेट विनियोजन गरेको छ । नगरपालिकाले प्रदेश सरकारसंगको समन्वयमा विशेष अनुदान मार्फत अस्पतालको ए ब्लक निर्माणका लागि रु ६० लाखको थप बजेट व्यवस्था गरेको हो । त्यस्तै, सो अस्पताललाई डिजिटल अस्पताल बनाउन र माडीका अन्य सबै स्वास्थ्य संस्थामार्फत गुणस्तरिय स्वास्थ्य सेवा प्रदानका लागि रु १ करोड २५ लाख बजेट विनियोजन समेत गरिएको छ ।

यसबाहेक बरुवास्थित माडी आयुर्वेद औषधालयको स्तरोन्नती र विकासका लागि रु ३५ लाख बजेट विनियोजन समेत भएको छ । स्वीकृत बजेट र कार्यक्रम आगामी श्रावणदेखि कार्यान्वयनमा आउनेछन् ।

SwadeshPost