माडी नगरपालिकाले आगामी आर्थिक बर्षमा गर्भवती र सुत्केरी महिलासंगै ६ महिने शिशुलाई पोषण खर्च प्रदान गर्ने

189
SwadeshPost

चितवन । माडी नगरपालिकाले आगामी आर्थिक बर्षमा गर्भवती र सुत्केरी अवस्थाका महिलासंगै ६ महिने शिशुलाई पोषण खर्च प्रदान गर्ने भएको छ ।नगरसभाले शंसोधनसहित पारित गरेको नीति तथा कार्यक्रममार्फत गर्भवती भएको अवस्थामा रु. ५ हजार, सुत्केरी अवस्थामा पनि रु. ५ हजार तथा बच्चा ६ महिनाको हुँदा लिटो एवं अन्य पोषक खानाको लाथि थप रु ५ हजार प्रदान गर्ने नयाँ कार्यक्रम सार्वजनिक गरेको हो ।यसबाहेक नगर क्षेत्रभित्र रहेका सबै ३ हजार बिपन्न परिवारहरुलाई निःशुल्क स्वास्थ्य बीमा गरिदिने कार्यक्रम समेत रहेको छ ।

बिमीत बिपन्न परिवारहरुले माडीकै बघौंडा अस्पताल वा त्यसको रेफरअनुसार अन्य स्वास्थ्य संस्थाहरुमा एक लाख रुपैंयासम्मको निःशुल्क उपचार सेवा पाउन सक्नेछन् ।त्यसैगरी आगामी आर्थिक बर्षमा डक्टरहरु घरघरमै पुगी ज्येष्ठ नागरिकहरुको स्वास्थ्य उपचार सेवा प्रदान गर्ने भएका छन् । महिलाहरुको थाइराइड, पाठेघर र स्त्रीरोग सम्बन्धी सबै समस्याहरुको निःशुल्क उपचारको व्यवस्था समेत गरिएको माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले जनाउनुभयो ।

SwadeshPost