माडी नगरपालिकाले बिजुली जोड्न बाँकी रहेका बिपन्न परिवारको घरमा निःशुल्क बिजुली बालिदिने

309
SwadeshPost

१२, असार चितवन । माडी नगरपालिकाले बिजुली जोड्न बाँकी रहेका बिपन्न परिवारको घरमा निःशुल्क वाइरिङ गरी बिजुली बालिदिने भएको छ ।’बिपन्न परिवार उज्यालो माडी कार्यक्रम’ अन्तरगत आउँदो साउनबाट नगर क्षेत्रका अति बिपन्न परिवारको आवासमा वाइरिङ गरी निःशुल्क मिटर बक्स जडान गरिने भएको हो । माडीमा अझैपनि ठूलो संख्यामा बिजुलीबत्ती जोडिन बाँकी रहेका घरपरिवार रहेका छन् ।

यसबाहेक नगरपालिकाले ७५० वटा घरहरुमा खरको छानो बिस्थापन गरी टिनको छानो हाल्ने कार्यक्रम ल्याएको छ । पूर्वाधारतर्फ १० किलोमिटर सडक कालोपत्रे गर्ने र नदी नियन्त्रणको कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ ।नगरपालिकाको सातौं नगरसभाले सो कार्यक्रमहरु पारित गरेको माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले जानकारी दिनुभयो । तर माडीमा नगरपालिकाले गरेका राम्रा कामहरुको चर्चा र प्रचार-प्रसार भने हुने नगरेको उहाँको गुनासो छ ।

SwadeshPost