देश-प्रदेश खबर पोष्ट

नेपाल घरवहाल उपभोक्ता मञ्च माडी इकाईले निशेधाज्ञा अवधीको घरबहाल मिनाहा वा छुट गरिदिन माग

१२, असार चितवन । नेपाल घरवहाल उपभोक्ता मञ्च माडी इकाईले निशेधाज्ञा अवधीको घरबहाल मिनाहा वा भाडामा छुट गरिदिन अनुरोध गरेको छ ।इकाई अध्यक्ष यम कुमार ल्वागुनले एक वक्तव्य प्रकाशित गरी माडी क्षेत्रका घरधनीहरुलाई निशेधाज्ञा अवधीको घरबहाल पूर्ण रुपमा र त्यो नसकिए कम्तीमा ५० प्रतिशत मिनाहा गरिदिन आग्रह गर्नुभएको हो । सरकारले नै लकडाउन अवधीको घरबहाल रकममा आधा छुट दिन आह्वान गरेको सन्दर्भमा इकाईले कोरोनाको पहिलो लहरमा बहाल छुट गर्ने घरधनीहरुलाई धन्यवाद ज्ञापन सहित यसपटक समेत छुटको आग्रह गरेको हो ।

कोभिड १९ को दोस्रो लहर नियन्त्रणको प्रयासमा जिल्ला प्रशासन कार्यालय चितवनले गत बैशाख १६ गतेदेखि माडीसंगै जिल्लाभर उद्योगधन्दा, कलकारखाना, व्यापार व्यावसाय पूर्णरुमा बन्द गरेको कारणबाट घरभाडा, कामदारको ज्याला, बैंक ब्याज लगायत भुक्तानी तिर्न बुझाउन समस्या परेको इकाईले जनाएको छ ।

तपाईको प्रतिक्रिया

ताजा समाचार