अधिवक्ता सरिता तिवारीले माडी ‘एउटै पनि जिउँदो मान्छे नरहेको चिहानघारी’ हुनपुगेको टिप्पणी

187
SwadeshPost

१३, असार चितवन । माडीकी कवि, स्तम्भकार एवं अधिवक्ता सरिता तिवारीले माडीमा भएका विभिन्न बेतिथिका घटनाले गर्दा माडी ‘एउटै पनि जिउँदो मान्छे नरहेको चिहानघारी’ हुनपुगेको टिप्पणी गर्नुभएको छ ।

कवि तिवारीले सामाजिक सञ्जालमार्फत बालिकाहरु दीपिका र दिपशीलाको बलात्कारपछि हत्या भएको घटनामा माडीका सरोकारवालाहरुले पीडितलाई साथ नदिएको भन्दै माडीलाई ‘चिहानघारीको सज्ञा दिनुभएको हो । माडी-६, रामराज्यपुरस्थित पोखरीमा नाबालिकाद्वयको बलात्कारपछि हत्या हुँदा नगरप्रमुखले पीडितको पक्षमा नबोलेको र माडीका सबै क्रियाशील राजनैतिक दलहरुले आपसी सहमतीमा अभियुक्त ठानिएका युवकहरु छुटाएको कवि तिवारीको आरोप छ ।सो समयमा पीडितको न्यायका लागि भएको संघर्षलाई राजनीतिक दबदबाका कारण पंगु बनाइएको समेत उहाँको लेखाई छ ।

२०७४ साल जेष्ठ २० गते मजुवा सिंचाई पोखरीमा डुबेको अवस्थामा भेटिएका बालिकाद्वयको बलात्कार पछि हत्या भएको सबैले विश्वास गरेपनि हालसम्म कसैलाई कारवाही हुन सकेको छैन ।कवि तिवारीले स्टाटसमा सो प्रकरणबाहेक आफ्नै ससुरा समेत रहनुभएका माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकाललाई बेथिति निम्त्याए सोको भुक्तमान भोग्नुपर्ने चेतावनी समेत दिनुभएको छ । पछिल्लो समयमा मेयर केहि सच्चिएको भए पनि मेयरका नजिक घुमेर शुभलाभ गर्नेहरुको भने शक्ति बलियो हुँदैगएको उहाँको आरोप छ ।

SwadeshPost