१२, असार चितवन । निशेधाज्ञा खुला नहुँदै यात्रु ओसार्न सुरु गरेका माडीका केहि तीनपाङ्ग्रे अटो गाडीहरु कारवाहीमा परेका छन् ।बसन्तपु बजारमा एकभन्दा धेरै यात्रु बोकी व्यवसायिक ढंगबाट चल्न सुरु गरेको भन्दै इलाका प्रहरी कार्यालय माडीले ८ वटा अटो गाडीहरु नियन्त्रणमा लिएको हो । प्रशासनले सार्वजनिक सवारी चल्न खुल्ला नगर्दै भाडामा यात्रु ओसार्न थालेको आरोपमा प्रहरीले अटो गाडीहरु नियन्त्रणमा लिएको हो ।
प्रहरी नियन्त्रणमा पुगेका अटो गाडीका चालकहरुलाई केहि घण्टा होल्ड गरी स्वास्थ्यजन्य अत्यावश्य काममा मात्रै वडाध्यक्ष वा प्रहरीको पूर्व स्वीकृति लिएर चल्नेगरी छोडिएको माडी प्रहरी प्रमुख झलक शर्माले जनाउनुभयो । हाल माडीसंगै चितवन जिल्लाभरी नै साविकको अवधीमा झैं अत्यधिक सवारी साधनहरु गुड्न र भीडभाड बढ्न सुरु भइसकेको देखिन्छ ।