गर्दी खानेपानी आयोजनाको दोश्रो बोरिङ जडान सुरु, देविस्थान पूजा समितिद्वारा २ कठ्ठा जमीन प्रदान

243
SwadeshPost

१४ असार, चितवन । गर्दी खानेपानी आयोजनाको दोश्रो डिप बोरिङको जडान कार्य सुरु भएको छ ।

माडी नगरपालिका-२, सितलपुरमा पु्जाआजा सहित दोश्रो बोरिङ जडान थालिएको खानेपानी आयोजनाका सचिव नारायण अधिकारीले जानकारी दिनुभयो । प्रदेश खानेपानी तथा डिभिजन कार्यालय हेटौंडाको लागत सहयोगमा सो बोरिङ निर्माण कार्य हुने भएको हो । यसअघि आयोजनाले माडी-१, बरुवास्थित ट्यांकीमार्फत बरुवा बजार क्षेत्रमा २०० धारा खानेपानी वितरण गरिसकेको छ ।

ट्याङ्की निर्माणका लागि आवश्यक २ कठा जमीन देविस्थान पूजा समितिले प्रदान गरेको थियो । माडी नगरपालिका वडा नं. १ र २ क्षेत्रमा शुद्ध पिउनेपानी वितरण गर्ने उद्देश्यले तीब्रतामा निर्माण जारी रहेको सो खानेपानी परियोजनाको बोरिङ जडानका लागि मन्दिरका तर्फबाट सो जमीन प्रदान भएको हो । दोश्रो बोरिङ जडान र त्यस क्षेत्रमा एक ट्यांकी निर्माण सकिएपश्चात माडी १ र २का सबै क्षेत्रभर खानेपानी वितरण गर्न सकिने आयोजनाले जनाएको छ ।

SwadeshPost