एलर्जी बिग्रेका कारण माडीका हिरामणि महतो (छन्नू)काे देब्रे खुट्टामा गम्भीर इन्फेक्सन

286
SwadeshPost

१६, असार चितवन । एलर्जी बिग्रेका कारण माडीका हिरामणि महतो (छन्नू)काे देब्रे खुट्टामा गम्भीर इन्फेक्सन भइ मांशपेशी झर्न थालेको छ । सुगरको बिरामी समेत रहनु भएका माडी-७ कीर्तनपुर निवासी ५३ वर्षिय महतोको देब्रे खुट्टामा एलर्जीका कारण हाडसंग जोडिएको मासु झर्न थालेको हो । एलर्जी जस्तो देखिने डाब्रा आएर चिलाउन थालेपछि उपचारका लागि बघौडा अस्पताल आउनुभएको थियो । बघौडा अस्पतालले भरतपुर अस्पतालमा रेफर गरेको थियो ।

भरतपुर अस्पतालमा उहाँको दुई चोटी अप्रेशन गर्दा पनि कुनै सुधार नआएपछि अस्पतालले नै कीर्तिपुर अस्पताल काठमाण्डौमा साेमबार रेफर गरेको र मंगलबार उहाँको अप्रेशन गरिएको उपचारमा सहयाेग गर्दाै आइरहनु भएका रामकृष्ण क्षेत्रीले बताउनु भयाे । हाल सम्म धेरै खर्च भएको र पारिवारिक अवस्था अत्यन्तै नाजुक रहेकाले यथासक्य सहयोग गरिदिन सबैमा अपिल गरिएको छ ।

SwadeshPost