माडी नगरपालिकाका एक कर्मचारीले शनि मन्दिरलाई दानपेटिका दान

371
SwadeshPost

१५, असार चितवन । जन्मदिनको अवसर पारी माछापालक कृषक समेत रहेका माडी नगरपालिकाका एक कर्मचारीले शनि मन्दिरलाई दानपेटिका दान गरेका छन् । माडी-७, गौरीनगर निवासी शुरेस बहादुर थापाले जन्मदिनको सन्दर्भमा माडी-७, देबेन्द्रपुरस्थित शनि मन्दिरलाई दानपेटिका प्रदान गर्नुभएको हो ।

थापाले आफ्ना दिवंगत पिताको स्मृतिमा मन्दिरमा दान पेटिका दान गर्नुभएको शनि मन्दिर व्यवस्थापन समितिले जनाएको हो । पेटिका प्राप्त भएसंगै अब मन्दिरमा हुने फुटकर दान एवं सहयोग संकलन व्यवस्थित हुने मन्दिरका संरक्षक युवा पण्डित सुदर्शन सुवेदीले बताउनुभयो ।

SwadeshPost