देशका ६८ जिल्लामा जिल्लाभर निषेधाज्ञा जारी

172
SwadeshPost

१६, असार हाल देशका ६८ जिल्लामा जिल्लाभर निषेधाज्ञा जारी छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा जारी गरिएको हो । गृह मन्त्रालयका अनुसार काठमाडौं उपत्यकासहित अधिकांश जिल्लामा यही असार २१ गतेसम्म निषेधाज्ञा जारी गरिएको छ । पछिल्लो समय विभिन्न जिल्लामा निषेधाज्ञा क्रमशः खुकुलो बनाउँदै लगिएको छ । बैतडी र सिरहामा असार ३१, कास्की, बागलुङ, डडेल्धुरा र स्याङ्जामा असार २५, पर्वत, नुवाकोट र तनहुँमा असार २४, कालीकोट, महोत्तरी र म्याग्दीमा असार २३ सम्म निषेधाज्ञा लम्ब्याइएको छ ।

कैलाली, दाङ, पाल्पा, गुल्मी, रामेछाप, अर्घाखाँची, इलाम, सिन्धुपाल्चोक र धादिङमा असार २२, पर्सा, सल्यान, दार्चुला, प्युठान, डोटी, रोल्पा र रौतहटमा असार २०, गोरखामा असार १९, नवलपरासी पूर्व र धनकुटामा असार १८, केही जिल्लामा असार १७ र र केही जिल्लामा आजसम्म निषेधाज्ञा कायम छ । ती जिल्लामा पनि निषेधाज्ञा थपिन सक्छ । बाजुरा र बारामा भने अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी छ ।

SwadeshPost