

लगातारको अत्यधिक बर्षा र केज ह्वील सहितको ट्रयाक्टरहरुको आवागमनका कारण माडीका भित्री बाटो र कृषि सडकहरु हिलाम्य भएका छन् ।

ग्राभेल हुन बाँकी रहेका तथा ग्राभेल भएर पनि मर्मत हुन नसकेका माडीका अधिकांश भित्री बाटो, दुईवटै कृषि सडक र धानखेत र भित्री बस्तीहरुमा पुग्ने कच्ची बाटोहरु अत्यधिक हिलाम्य भएका हुन् । बाटो हिलाम्य हुँदा आवतजावतका लागि असहिलो हुनाका साथै त्यहाँ गुड्ने दुइचक्के, तीनचक्के र साना सवारी साधनहरु चल्न कठिनाई हुनथालेको छ ।

सहमतीका बाटो र भित्री बाटोहरुको मर्मतमा स्थानीय निकायको नजर खासै पर्न सकेको छैन । ग्राबेल नभएका र भएर पनि थप वा मर्मत नभएका कच्ची बाटोहरुमा खेतबारी जोत्नुपर्ने केज ह्वील सहितको ट्रयाक्टरहरुको आवागमनले थप हिलाम्य बनाएको हो ।
