मङ्गलबार, माघ ०१, २०८१
मङ्गलबार, माघ ०१, २०८१

पर्यटन खबर पोष्ट

सामूहिक खेतीमा आवद्ध कृषकहरु होमस्टेमार्फत कृषि पर्यटनको विकासमा समेत लागिपरे

  • A
  • A+
  • A++

असार २०, चितवन । माडीको कान्तिपुर गाउँमा सामूहिक खेतीमा आवद्ध कृषकहरु होमस्टेमार्फत कृषि पर्यटनको विकासमा समेत लागिपरेका छन् ।

विज्ञापन १

माडी नगरपालिका वडा नं. ८, कान्तिपुरमा कृषकहरुले आवास घरहरुमा होमस्टे स्थापना गरी कृषिसंगै पर्यटन व्यवसायमा हात बढाएका हुन् । सूर्योदय कृषि सहकारी संस्थामार्फत सामूहिक खेती गरिएको सो ठाउँमा १०० जना क्षमताको होमस्टे निर्माण भइरहेको हो । सो स्थानमा गतबर्ष निर्माणाधीन अवस्थामा रहेको साँस्कृतिक भवनको निर्माण समेत पुरा भएको छ ।

विज्ञापन २

स्थानीय ८६ घर परिवारको जग्गा एकीकृत गरी सामूहिक खेती गरिएको गन्धर्व बाहुल्य गाउँ कान्तिपुरमा घर आवश्यक भएका ५० परिवारका लागि पक्की घर बनाई सो घरहरुमै फार्मस्टे मोडेलको होमस्टे सञ्चालन गर्न लागिएको सहकारीका व्यवस्थापक शिवजी गायकले जानकारी दिनुभयो ।

विज्ञापन ३

तपाईको प्रतिक्रिया