सुजिता मृत्यु प्रकरण : राप्तीमा कर्फ्युं लागेसंगै स्थानीयले अर्को नगरपालिका खैरहनीमा प्रदर्शन

223
SwadeshPost

२३ असार, चितवन । पूर्वी चितवनको राप्ती नगरपालिकामा कर्फ्युं लागेसंगै स्थानीयले अर्को नगरपालिका खैरहनीमा राजमार्ग अवरुद्ध गरी प्रदर्शन गरेका छन् ।

उनीहरुले राप्ती नगरपालिका-३ की २३ वर्षीया सुजिता भण्डारीको मृत्यु प्रकरणमा सत्यतथ्य छानबिनको माग गर्दै प्रदर्शनलाई निरन्तरता दिएका हुन् । सुजिता प्रकरणमा हरेक दिन तनाव बढ्न थालेपछि चितवन प्रशासनले राजमार्गको राप्ती नगरपालिका क्षेत्रमा मंगलबारबाट कर्फ्युं लगाएको थियो ।

यसैबिच, भण्डारीको पोष्टमार्टम रिपोर्टबाट मृत्युको स्पष्ट कारण खुल्न सकेन । उनको मृत्यु चोटपटकबाट भने नभएको फरेन्सिक जाँचमा संलग्न चिकित्सकहरुले बताएका छन् । मृत्युको कारण स्पष्ट नभएसंगै भिसेरा जाँच हुने भएको छ । त्यसबाट मृतकले जीवित रहँदा खाएको कुरा र मृत्युअघि कुनै रोग भए नभएको जानकारी हुन सक्छ । पोष्टमार्टमपछि भण्डारीको शव उनको परिवारले काठमाडौँमा बुझ्ने प्रहरीको भनाई छ ।

SwadeshPost