पश्चिमी माडीको मरोट खोलामा आएको बाढीले पचासौं बिगाहा जमीनलाई बगरमा परिणत

190
SwadeshPost

२४ असार, पश्चिमी माडीको मरोट खोलामा आएको बाढीले पचासौं बिगाहा जमीनलाई बगरमा परिणत गरिदिएको छ । माडी १, गोद्धक क्षेत्रबाट बस्ती र धानखेतमा पसेको मरोट खोलाले द्रौपतिनगर क्षेत्रको धानखेतमा बालुवा पुर्दै बगरमा बदलिएको हो ।

बर्षभरी खाने धानबाली र धानखेत नै बगरमा बदलिएपछि स्थानीय कृषकहरु सुर्तामा परेका छन् । पश्चिमी माडीमै रीउ नदीले बनकट्टा र पाण्डवनगर क्षेत्रमा व्यापक कटान समेत गरेको छ ।

त्यस्तै, माडी ७ देबेन्द्रपुरमा परुई खोलाको बाढी चेपाङ बस्तीमा छिरेको छ । उता, माडी २ सितलपुरमा बाढीका कारण दुईवटा पोखरी भत्किई माछा बगाएको छ भने बिजुलीका पोलहरु ढलेका छन् । माडी ३ स्थित रतनी खोलाको पुलको दुबै भागमा क्षती पुगेको छ । माडीका अधिकांश स्थानमा पानीको निकास नहुँदा धानखेत र बस्ती जलमग्न भएका थिए । खोलाहरुमा बाढीका कारण यातायात सेवा प्रभावित भएका छन् ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!
SwadeshPost