शनिबार, मङि्सर २२, २०८१
शनिबार, मङि्सर २२, २०८१

बिपद-जोखिम पोष्ट

माडीको रौतने खोलाले बाँध फुटाल्दा माडी-३ मलाही टोलका २१ घर डुबानमा

  • A
  • A+
  • A++

२४, असार चितवन । माडीको रौतने खोलाले बाँध फुटाल्दा माडी-३ मलाही टोलका २१ घर डुबान हुनुका साथै इनारबरुवा गाउँको ठूलो क्षेत्रफलमा खेतीयोग्य जमीनमा बालुवा पुरिएको छ ।

विज्ञापन १

बिहीबार बिहानदेखि परेको भारी बर्षाको कारण रौतने खोला बाढीग्रस्त भएको थियो । बाढीले खोलाको ड्याम अन्तरगत ढुंगाको ढुंगेजाली लगाउन बाकी रहेको भाग फुटाएको हो । करीब ३० मिटर ड्याम फुट्दा संगैका धानखेतहरुमा बालुवा पुरिएर क्षती भएको छ । नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आर.आर.एन.)ले प्राथमिकीकरण गर्दै ड्रयामको खण्ड खण्डमा ढुंगेजाली लगाइरहेकोमा तल्लो तटीय क्षेत्रमा रहेको सो स्थाना जाली लगाउन बाँकी नै रहेको थियो ।

विज्ञापन २

ड्याम फुटाई खेत र बस्तीमा छिरेको बाढीले पुरै मलाही टोल पुरै डुबाउनुका साथै वरपरका गाउँहरूमा क्षती गरेको हो । त्यहाँ घरमा रहेका खाद्यान्न र अन्य सामानहरु बगाउनुका साथै घरभित्र ३ फिटसम्म पानी चढेको स्थानीयबासी पारस सहनीले जनाउनुभयो । ड्याम फुटेको भागमा आकस्मिक कोषबाट तत्कालै नयाँ ड्याम लगाइने आर.आर.एन.का परियोजना संयोजक रबिन्द्र सिंह ठकुरीले जनाउनुभयो ।

विज्ञापन ३

तपाईको प्रतिक्रिया