माडीको मगोइ खोलामा आएको बाढीले बिजुलीको पोल ढल्दा माडीको बिजुली अवरुद्ध

554
SwadeshPost

२४, असार चितवन । माडीको मगोइ खोलामा आएको ठूलो बाढीका कारण सो खोलामा रहेको बिजुलीको पोल ढल्दा माडीको बिजुली अवरुद्ध भएको छ ।

मगोई नदीको पुलनजिकै बाढीले हाइटेन्सन पोल कोल्टाएको र ११ के.भी.को डिस्ट्रीव्युसन पोल ढलाएको हो । पोल ढल्दा माडीको सबस्टेशनसम्म बिजुली पुग्न नसक्दा उपत्यकाभरी नै बिजुली अवरुद्ध रहेको हो ।

पोल र तारको मर्मत पुरा नभएसम्म माडीको बिजुली सुचारु हुन नसक्ने नेपाल विद्युत प्राधिकरणको माडी प्रशाखाले जनाएको छ । खोलामा बाढी कम भएपश्चात मात्रै मर्मत सुरु हुने प्रशाखाको भनाई छ । बाढी र पानी डुबानकै कारण माडीका विभिन्न स्थानमा रहेका बिजुलीका दर्जनौं पोलहरु ढलेका समेत छन् 

SwadeshPost