मङ्गलबार, माघ ०१, २०८१
मङ्गलबार, माघ ०१, २०८१

माडी (स्थानीय) खबर पोष्ट

पूर्वी माडीको बाँदरझुलामा बिष सेवन गरेका एक बृद्धको मृत्यु

  • A
  • A+
  • A++

२५, असार चितवन । पूर्वी माडीको बाँदरझुलामा बिष सेवन गरेका एक बृद्धको मृत्यु भएको छ । माडी-९, बाँदरझुला, प्लट नं. ५ निवासी अन्दाजी बर्ष ६० का सम्भु राईको बिष सेवनका कारण शुक्रबार दिउँसो करीब ४:३० बजे ज्यान गएको हो । राईले बिष सेवन गरेको उनको छिमेकीले थाहा पाई स्थानीय बाँदरझुला स्वास्थ्य केन्द्रमा पुर्याएपनि त्यहाँ आधारभूत स्वास्थ्य सेवा उपलब्ध नहुँदा उपचार हुन सकेको थिएन ।

विज्ञापन १

त्यहाँबाट उनलाई अन्य स्वास्थ्य संस्थामा लैजान समयमै एम्बुलेन्स नपाउँदा गाउँलेहरुले तन्नामा बोकी लैजाँदै गरेको अवस्थामा अमुवा खोला नपुग्दै बाटोमै मृत्यु भएको स्थानीयबासी मोहन स्याङतानले जानकारी दिनुभयो । बाँदरझुलामै एम्बुलेन्स नहुँदा र माडी तथा ठोरीका एम्बुलेन्सहरु बाँदरझुला जान नखोज्दा त्यहाँ बर्षेनी दर्जनौंको अकालमा हताहती हुने गरेको छ ।

विज्ञापन २

विज्ञापन ३

तपाईको प्रतिक्रिया