ईलाका प्रहरी कार्यालय माडीले चेकजाँचमा कडाइ

288
SwadeshPost

२९, असार चितवन । पछिल्लो समय माडी क्षेत्रमा स्वास्थ्य सुरक्षाको मापदण्ड उल्लंघन गर्नेकाे संख्या बढन थालेसंगै ईलाका प्रहरी कार्यालय माडीले चेकजाँचमा कडाइ गरेको छ ।

निजी तथा सार्वजनिक सवारीसाधनमा स्वास्थ्य मापदण्ड कार्यान्वयन एबं मास्कको प्रयोग गर्नेको संख्या न्यून रहेको भन्दै चेक जाँचमा कडाइ गरेको हो । त्यस्तै स्वस्थ्य सुरक्षाको मापदण्ड विपरीत साना तथा मझौला सवारी साधनहरुलाई सम्झाई बुझाई गरी छाडिएको र भोलि पनि यही कार्य दोहोर्याए कानुन बमोजिम कारबाही गरिने ईलाका प्रहरी कार्यालय माडीका प्रमुख झलक शर्माले जानकारी दिनुभयो ।

पछिल्लो समय माडीमा कोरोना संक्रमण दिनानुदिन बढ्न थालेको छ तर बजार व्यवसाय पूर्णरुपमा खुला रहन थालेका छन् । शिक्षण संस्थाबाहेक अरु सबै नियमित शैलीमा सञ्चालनमा रहेको देखिन्छ । भीडभाड अति बढेको छ र मानिसहरुले मास्क र स्यानिटाइजरको प्रयोग तथा भाैतिक दुरी कायम गर्न छाड्न थालेका छन् ।#स्वदेश न्यूज डेस्क२०७८ असार २९ गते मंगलबार, दिउँसाे ०१:०२ मा प्रकाशित

SwadeshPost