राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री नियुक्त

184
SwadeshPost

२९ असार, चितवन । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुभको छ ।

उहाँको सपथग्रहण साँझ साँझ ६ बजेका लागि तोकिएको छ । यसअघि, सर्बोच्च अदालतले मंगलबार अपरान्ह ५ बजेसम्म देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो । सोही अनुसार राष्ट्रपतिले आज (मंगलबार) दिउँसो देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुभएको हो ।

प्रधानमन्त्रीको शपथ ग्रहणसँगै देउवाले सानो आकारको मन्त्रीमण्डल गठन गर्ने तयारी गर्नुभएको छ । मन्त्रीमण्डलमा काँग्रेससंगै नेकपा (माओवादी केन्द्र) र संघीय समाजवादी फोरमको उपेन्द्र–बाबुराम पक्ष सहभागी रहँदैछन्, तर मन्त्री बन्नेहरुको नाम टुंगो लागिसकेको भने छैन ।

SwadeshPost