शनिबार, मङि्सर २२, २०८१
शनिबार, मङि्सर २२, २०८१

बिपद-जोखिम पोष्ट

बाढीका कारण फुटेको माडीको रौतने खोलाको बाँधको मर्मत सुरु

  • A
  • A+
  • A++

३० असार, चितवन । बाढीका कारण फुटेको माडीको रौतने खोलाको बाँधको मर्मत सुरु भएको छ ।

विज्ञापन १

जापानी संस्था साप्लानिरको सहयोगमा नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आर.आर.एन.)को ३७ लाख एवं माडी नगरपालिका वडा नं. ३, ५ र ६ बाट प्रति वडा १/१ लाख रुपैंयाको लागत सहभागितामा ड्यामको मर्मत सुरु भएको हो । हाल रौतनी खोलाको तल्लो तटीय क्षेत्रस्थित मलाही टोल, गुल्मेली टोल र इनारबरुवा क्षेत्रमा ड्याम मर्मत भइरहेको आर.आर.एन.का परियोजना संयोजक रबिन्द्र सिंह ठकुरीले जानकारी दिनुभयो ।

विज्ञापन २

यसअघि, गत बिहीबार अविरल बर्षासंगै आएको बाढीले रौतनी खोलाको ड्याम फुटाल्दा माडी ३ मलाही टोलका २१ घर डुबान हुनुका साथै इनारबरुवा गाउँको ठूलो क्षेत्रफलमा खेतीयोग्य जमीनमा बालुवा पुरेको थियो । त्यस्तै ड्याम फुटेको स्थानबाट बस्तीमा छिरेको बाढीले मलाही टोल गाउँ पुरै डुबाउनुका साथै वरपर क्षती गरेको थियो ।

विज्ञापन ३

तपाईको प्रतिक्रिया