नेपाली कांग्रेस माडी नगर समितिले अति विपन्न बाढी पीडितहरुको छनोट गरी आर्थिक सहयोग

556
SwadeshPost

०४ असार, चितवन । नेपाली कांग्रेस माडी नगर समितिले नगर क्षेत्र भित्रका अति विपन्न बाढी पीडितहरुको छनोट गरी आर्थिक सहयोग गरेको छ ।गत असार २४ गरेको लगतागारको वर्षाका कारण आएको बाढीले डुबानमा परेका पीडित परिवारको छनोट गरी कांग्रेस नेता साजन महतोको सहयोगमा प्रतिव्यक्ति २ हजारका दरले वितरण गरिएको काँग्रेसका माडी नगर सभापति कोमलनाथ भुसालले जानकारी दिनुभयो ।

नगर सभापति भुषालको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथिको रूपमा नेपाली काँग्रेसका नेता छविलाल भट्टराई र नेतृ सविता बरालसंगै काँग्रेसका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

SwadeshPost