अनुगमन टोलीले माडीमा ठूलो परिमाणमा घरेलु मदिरा नष्ट

354
SwadeshPost

०६, असार चितवन । आन्तरिक राजश्व कार्यालय भरतपुर र ईलाका प्रहरी कार्यालय माडीको संयुक्त टोलीले माडीका विभिन्न बजारमा खाद्य तथा दैनिक उपभोग्य सामग्रीहरुको अनुगमन गरी ठूलो परिमाणमा घरेलु मदिरा नष्ट गरेको छ ।सो अनुगमनका क्रममा माडी नगरपालिका वडा नं १,२,३ र ७ का विभिन्न स्थानमा छड्के चेकजाँच गरेको थियो ।

त्यस क्रममा अवैध रूपमा बिक्रीवितरण भइरहेका र उत्पादन भएका घरेलु मदिरा र मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ जफत गरी नष्ट गरेको माडी प्रहरीले जनाएको छ ।अनुगमनका क्रममा, माडीमा राजश्व छली गरी बिना ईजाजत मदिरा बिक्री वितरण गरेको तथा राजस्व कार्यालय र नगरपालिकामा दर्ता नगरी व्यवसाय सञ्चालन गरेको पाइएकाले त्यस्ता गतिविधी तत्काल बन्द गर्न सुचित समेत गरिएको माडी प्रहरी प्रमुख झलक शर्माले जनाउनुभयो ।

SwadeshPost