माडीमा सर्बाधिक सुनिने लोकप्रीय रेडियो स्वदेश एफ.एम.ले अनलाइनमा एच.डी. प्रशारण सुरु

121
SwadeshPost

०६, असार चितवन । माडीमा सर्बाधिक सुनिने लोकप्रीय रेडियो स्वदेश एफ.एम.ले अनलाइनमा एच.डी. प्रशारण सुरु गरेको छ ।यसअघि अनलाइनमा ६४ किलोबिट्स प्रतिसेकेण्डको क्वालिटीमा प्रशारणमा रहेको यस रेडियोले १२८ किलोबिट्स प्रतिसेकेण्डको एच.डी. (हाइ डिफिनेशन) अडियो क्वालिटीमा अनलाइन प्रशारण थालेको हो ।

९३.२० मेगाहर्जको एफ.एम. फ्रिक्वेन्सीमा भने यस रेडियो सुरुबाटै ३२० किलोबिट्सको अल्ट्रा हाइ डिफिनेशन (यु.एच.डी.) क्वालिटीमा रेडियो डाटा सिस्टम (आर.डि.एस.) सहितको डिजिटल प्रशारणमा रहेको छ ।लोकप्रीय मोबाइल एप्स हाम्रोपात्रोको सहयोगमा रेडियोले अनलाइनमा एच.डी. प्रशारण थालेको रेडियोका प्रवन्ध निर्देशक देवनारायण शाहले बताउनुभयो ।

सो एप्समा ७ हजारभन्दा बढी श्रोता सहभागिता पाउन सफल देशैभरीका केवल ५ वटा रेडियोहरुको सुचिमा स्वदेश एफ.एम. समेत अँटाएको छ ।

SwadeshPost