माडीको पाण्डवनगरमा जंगली भालुको आक्रमणको आक्रमणबाट एकजनाको मृत्यु

245
SwadeshPost

७ श्रावण, चितवन । पश्चिमी माडीको पाण्डवनगरमा जंगली भालुको आक्रमणको आक्रमणबाट एकजनाको मृत्यु भएको छ ।

माडी नगरपालिका वडा नं. १, पाण्डवनगर निवासी अन्दाजी बर्ष ४६ का राजकुमार बोटको जंगली भालुको आक्रमणमा परी ज्यान गएको हो । बुधबार साँझ करीब ७ बजे घरबाट निस्किएका उनी राती घर नफर्किएपछि खोजी गर्ने क्रममा आज बिहीबार बिहान माडी १, द्रौपतिनगरस्थित देउता खोलाको किनारमा शव भेटिएको हो ।

मृतकको बायाँ आँखामाथि ठूलो चोट र बायाँ खुटटा र अन्य ठाउँमा सामान्य चोट लागेको देखिएकाले प्रहरीले भालुको आक्रमणमा परेको निक्र्यौल गरेको हो । शवको मुचुल्का उठाइ पोष्टमार्टमका लागि भरतपुर पठाइएको प्रहरी श्रोतले जनाएको छ ।

SwadeshPost