डि.पी.आर. भइसकेका माडीका चारवटा सडक खण्ड कालोपत्रे गरिने

147
SwadeshPost

७ असार, चितवन । माडी नगरपालिकाको कार्यपालिका बैठकले डि.पी.आर. भइसकेका माडीका चारवटा सडक खण्डमा कालोपत्रे गर्ने निर्णय गरेको छ ।

बरुवा बजारबाट कुन्तिपुर जाने बाटो, अम्बाबास चोकबाट भंगता हुँदै देवीस्थान जाने बाटो, छरछरेदेखि देबेन्द्रपुर पुग्ने बाटो र कृष्णनगर (टम्टा) बाट गणेशकुञ्ज हुँदै सागबारी पुग्ने बाटोमा कालोपत्रे गरिने भएको हो । कालोपत्रेका लागि नगरपालिकाको बजेट उपयोगसंगै नपुग रकम प्रदेश र केन्द्र सरकारसमक्ष माग गर्ने निर्णय भएको नगर कार्यपालिका प्रवक्ता शिवहरि सुवेदीले जानकारी दिनुभयो ।

यसबाहेक बैठकले मरोट, चिताई, घाँघर, मगोई, परुई, टम्टा, चन्द्रे लगायतका खोलाहरुमा तटबन्धन गर्ने र नपुग रकम केन्द्र र प्रदेश सरकारबाट माग गर्ने समेत निर्णय गरेको छ । त्यस्तै, स्वास्थ्य संस्थाका अधुरा भवनहरुको निर्माण पुरा गर्ने पनि निर्णय गरिएको प्रवक्ता सुवेदीले जनाउनुभयो ।

SwadeshPost