सोमबार, मङि्सर २४, २०८१
सोमबार, मङि्सर २४, २०८१

देश-प्रदेश खबर पोष्ट

कान्तिपुर गाउँमा गन्धर्ब संग्रहालय र फार्मस्टे घरहरुको निर्माण पुरा भइ साँचो हस्तान्तरित

  • A
  • A+
  • A++

७ असार, चितवन । चक्लाबन्दीमा आधारित सामुहिक खेती र होमस्टे निर्माण गरी चर्चामा आएको माडी-८, कान्तिपुर गाउँमा गन्धर्ब संग्रहालय र फार्मस्टे घरहरुको निर्माण पुरा भएको छ ।

विज्ञापन १

बिहिबार बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेल र माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले सुर्योदय कृषि सहकारी संस्थाका अध्यक्ष इन्द्र बहादुर पौडेलमार्फत समुदायलाई साँचो हस्तान्तरण गर्नुभयो । सो गाउँमा बागमती प्रदेश सरकार, माडी नगरपालिका र स्थानीय समुदायको संयुक्त लागत साझेदारीमा ४६ वटा घर र एकवटा गन्धर्ब सांस्कृतिक भवन तथा संग्रहालयको निर्माण भएको हो ।

विज्ञापन २

सुर्योदय कृषि सहकारी संस्थाद्वारा आयोजित चाबी हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथीका रूपमा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, विशिष्ट अतिथिका रुपमा प्रदेशका भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री दावा दोर्जे लामा र प्रदेश तहका सांसद एवं राजनैतिक अगुवाहरू सहभागी रहेका थिए । वडाध्यक्ष कृष्णराज अधिकारीले स्वागत गर्नुभएको सो कार्यक्रमको सञ्चालन सहकारीका व्यवस्थापक शिवजी गायकले गर्नुभएको थियो ।

विज्ञापन ३

तपाईको प्रतिक्रिया