ओली सरकारले अयोध्याधाम निर्माणको ‘नाटक गरेको’ माडीका मेयर ढकालले आरोप

159
SwadeshPost

७ असार, चितवन । के.पी.ओली नेतृत्वको पूर्ववर्ती सरकारले अयोध्याधाम निर्माणको सम्बन्धमा ‘नाटक गरेको’ माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले आरोप लगाउनु भएको छ ।

निवर्तमान प्रधानमन्त्री ओलीकै इच्छा र भनाईका कारण माडीमा सुरु भएको रामधाम निर्माणका लागि नगरपालिकाले १०० बिगाहा जमीनको औपचारिक प्रस्ताव पठाउँदा समेत निर्णय गर्न बेवास्ता गरी ओलीले माडीका जनतामा भ्रम छर्नुभएको नगरप्रमुख ढकालको टिप्पणी थियो ।

स्वदेश एफ.एम.को दैनिक सन्ध्याकालीन कार्यक्रम आजको सन्दर्भमा बोल्दै ढकालले माडीकै केही राजनीतिक दल र अगुवाहरुले समेत रामधामको नाममा राजनीति गरेर आनन्द लिएको बताउनुभयो । तर विगतमा जेजस्तो भएपनि माडीमा राम मन्दिर बनाउँदा धार्मिक पर्यटनको विकास हुने भएकाले आयोध्याधाम बनाउन आफूहरु निरन्तर लागिपर्ने र यसका लागि वर्तमान सरकारसंग समन्वय सुरू भइसकेको मेयर ढकालको भनाई थियो ।

SwadeshPost