माडी नगरपालिकामा करारमा कार्यरत कर्मचारीहरुको व्यवस्थापनका लागि कार्यदल गठन

115
SwadeshPost

चितवन । माडी नगरपालिकाले करारमा कार्यरत कर्मचारीहरुको व्यवस्थापनका लागि प्रमुख प्रशासकीय अधिकृत अर्जुन गौतमको संयोजकत्वमा कार्यदल गठन गरेको छ ।

हाल माडी नगरपालिकामा १०६ जना कर्मचारीहरु करार सेवामा कार्यरत रहेका छन् । उनीहरुको संख्या घटाउने, सेवा सुबिधा निर्धारण गर्ने, जिम्मेवारी तोक्ने र अन्य व्यवस्थापकीय कामको लागि नगरपालिकाको कार्यपालिका बैठकले सो कार्यदल गठन गरेको हो । कार्यदलमा प्रमुख प्रशासकीय अधिकृत गौतमसंगै माडी १, ५ र ६ का वडाध्यक्षहरु कृष्ण पौडेल, रामबन्धु पोखरेल र भरत बहादुर गुरुङ तथा प्रशासन शाखा प्रमुख किरण विश्वकर्मा सदस्य रहनुभएको छ ।

यसबाहेक बैठकले माडीमा प्रयोग हुने सिमेन्ट, छड र अन्य निर्माण सामग्रीहरुको दरभाउ भरतपुरकै बराबर कायम हुनुपर्ने समेत निर्णय गरेको छ । प्रति ईकाई मुल्यमा सवारीभाडा बापत एक रुपैंयासम्म बढाउन छुट दिइने तर सोभन्दा धेरै बढाउन नपाइने निर्णय गरिएको नगर कार्यपालिका प्रवक्ता शिवहरि सुवेदीले जनाउनुभयो । (तस्वीर: कर्मचारीहरुको सामुहिक तस्वीर)

SwadeshPost