राहत वितरणमा एकद्वार नीति लागु गर्ने माडी नगरपालिकाको निर्णय, अभियन्ताहरु दुःखी

264
SwadeshPost

चितवन । माडी नगरपालिकाले सबैखालको राहत वितरणमा एकद्वार नीति लागु गर्ने निर्णय गरेको छ ।

नगर कार्यपालिका बैठकले बाढीपिढीत, बन्यजन्तु पीडित, आगलागी पिडीत, बिरामी, चेपाङ र अन्य विभिन्न शीर्षकमा हुँदै आएको राहत तथा सहयोग वितरण वा हस्तान्तरण कार्य व्यवस्थापनका लागि राहत कार्यबिधी निर्माण गर्ने निर्णय गरेको हो । यसअघि, लकडाउनको समयमा भएको राहत वितरणमा नगरपालिकाले एकद्वार नीति अवलम्बन गरेको थियो ।

माडीमा विभिन्न संघसंस्था र व्यक्तिगत रुपमा समेत राहत संकलन र वितरण दुबै कार्य हुनेगरेकोमा अब सो सबै कार्य नगरपालिकाको आधिकारिक स्वीकृति पश्चात मात्रै गर्न पाइने नगर कार्यपालिका प्रवक्ता शिवहरि सुवेदीले जनाउनुभयो । कार्यपालिकाको यस निर्णयले माडीमा राहत वितरण गरी सामाजिक सञ्जालमा फोटो पोष्ट गर्ने अभियन्ताहरुलाई भने दुःखी बनाउने देखिन्छ । (रबिन्द्र मानन्धरकृत कार्टुन तस्वीर)

SwadeshPost