२६औं स्टारकप माडी स्तरिय नकआउट फुटबल प्रतियोगिता असोज तेश्रो साता सञ्चालन हुने

420
SwadeshPost

८ श्रावण, चितवन । कोरोनाका कारण गतबर्ष स्थगित २६औं स्टारकप माडी स्तरिय नकआउट फुटबल प्रतियोगिता आउँदो असोज तेश्रो साता सञ्चालन हुने तय भएको छ ।

प्रतियोगिताको आयोजक संस्था स्टार स्पोर्टस् क्लब, बरुवाको बैठकले सो प्रतियोगिता जितिया पर्वमा उद्घाटन गरी दशैंमा सम्पन्न गर्ने निर्णय गरेको हो । क्लबले यसअघि लगातार २५ बर्षदेखि तीज पर्वको अवसर पारी चितई खोला किनारको स्टार खेल मैदानमा स्टार कप फुटबल प्रतियोगिता सञ्चालन गर्दै आएको थियो ।

त्यस्तै, क्लबको बैठकले, बाढीका कारण कटान भई क्षतीग्रस्त चौर पुनर्निर्माणका लागि चितई खोलामा पुल निर्माण गरिरहेको कम्पनीलाई अनुरोध गर्ने, क्लब भवन सरसफाई गरी सञ्चालनमा ल्याउने र क्लबका कार्यसमिति सदस्य देवनारायण लोहारले दिनुभएको राजिनामा फिर्ता लिन अनुरोध गर्ने समेत निर्णय गरेको जनाइएको छ ।

SwadeshPost