८ श्रावण, चितवन । सामुदायिक विद्यालयहरुले गुणस्तरीय एवं उत्कृष्ट शिक्षा दिने वातावरण निर्माण गर्नुपर्नेमा माडीका नगर-प्रमुख ठाकुर प्रसाद ढकालले जोड दिनुभएको छ ।
संघीय सरकारद्वारा नमूना घोषित माडी माध्यमिक विद्यालय बसन्तपुरको नमूना विद्यालय विकास विषयक अन्तरक्रियात्मक कार्यक्रमलाई प्रमुख अतिथिका रुपमा सम्वोधन गर्दै नगर-प्रमुख ढकालले विद्यालयको भौतिक विकाससंगै शैक्षिक गुणस्तर बढाउन शिक्षक र अभिभावकको महत्वपूर्ण भूमिका रहने समेत बताउनु भयो । त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (एमाले) माडी नगर अध्यक्ष नादरमणि पौडेलले शिक्षक तथा कर्मचारीलाई विद्यालयभित्र राजनीति नगर्न आग्रह गर्नुभयो ।
कार्यक्रमका अन्य वक्ताहरुले समेत परम्परागत शिक्षालाई बदलेर जीवन उपयोगी र व्यवहारिक बनाउनुपर्नेमा जोड दिएका थिए । विद्यालय व्यवस्थापन समतिका अध्यक्ष सोमनाथ ओझाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रधानाध्यापक भुपेन्द्र पौडेलले कार्यपत्र मार्फत विद्यालय विकासको कार्ययोजना प्रस्तुत गर्नुभएको थियो ।