शाप्लानिरद्वारा माडीलाई बाढी विपद् खोज तथा उद्धारमा आवश्यक सामग्री सहयोग

248
SwadeshPost

चितवन । माडीमा सञ्चालित एक नदी एक समुदाय परियोजनाको दातृ संस्था शाप्लानिरले माडी नगरस्तरीय विपद् व्यवस्थापन समितिलाई बाढी विपद् खोज तथा उद्धारमा आवश्यक सामग्री सहयोग गरेको छ ।

सो जापानी संस्थाकी नेपाल प्रतिनिधि हिरोमी कात्सुईले माडी नगर उपप्रमुख तारा कुमारी काजी महतो र प्रमुख प्रशासकिय अधिकृत अर्जुन गौतमलाई ३० थान लाइफ ज्याकेट, २६.४५० केजि प्यासुट डोरी, १० थान सावेल र १० थान पिक एक्स हस्तान्तरण गर्नुभयो । सो अवसरमा कात्सुईले हस्तान्तरित सामग्रीहरुबाट बिपद्जन्य जोखिममा परिचालित हुने शसस्त्र प्रहरी बल र नेपाल प्रहरीलाई सहजता हुने बताउनु भएको थियो ।

सामग्री ग्रहण लगत्तै नगर उपप्रमुख महतोले सो सामाग्रीहरु माडीको बाल्मीकि आश्रमदेखि बाँदरझुलासम्म रहेका शसस्त्र प्रहरी बल बोर्डर आउट पोष्टका ५ वटै युनिट र ईलाका प्रहरी कार्यालय बसन्तपुरलाई हस्तान्तरण गर्नुभएको छ । माडी क्षेत्र भौगोलिक रुपले धेरै नदी खोलाहरु रहेको र विपद्का दृष्टीले अति नै सम्वेदनशी अवस्थामा रहेकाले सहयोग प्राप्त सामग्रीबाट विपद् जोखिम न्युनिकरणमा महत्वपुर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्दै उपप्रमुख महतोले सहयोगदाता शाप्लानिर र आरआरएनलाई आभार प्रकट गर्नु भयो ।

SwadeshPost